top of page
Floral Arrangement 1
Floral Arrangement 1
Floral Arrangement 1
Floral Arrangement 1
Floral Arrangement 1
Floral Arrangement 1

     त्रैलोक्यनाथ खरेल

जेठ २६, २०२५ - असोज ७, २०७७
Floral Arrangement 1
Floral Arrangement 1
Floral Arrangement 1
Floral Arrangement 1
Floral Arrangement 1
Floral Arrangement 1
त्रैलोक्यनाथ खरेलको जीवनी
00:00 / 11:31

जीवनलाई सरल तरिकाले जिउनु पर्दछ भन्ने मान्यता राख्ने स्व. त्रैलोक्यनाथ खरेल सामाजिक, शैक्षिक एवं राजनीतिक व्यक्तित्वका रुपमा परिचित ​हुनुहुन्थ्यो | शैक्षिक क्षेत्रको विकासले नै समाजमा सकारात्मक परिवर्तन हुन्छ भन्ने धारणा राख्ने खरेलको जन्म वि.सं. २०२५ साल जेठ २६  गते भएको थियो | पिता हरिलाल खरेल र माता भवानी खरेलको कनिष्ठ सुपुत्रका रूपमा खरेलको जन्म बागलुङको अधिकारीचौर १ नाथुरीमा भएको थियो | हाल स्व-स्थान ढोरपाटन नगरपालिका-५ मा अवस्थित रहेको छ | हजुरबुवा धनपति खरेल र हजुरआमा कौशिला खरेलबाट उहाले नीति शिक्षाको प्रेरणा प्राप्त गर्नुभएको थियो | पहाडीय प्राकृतिक दिब्यछटा, हिमश्रृंखलाको सितल पवन, रमणीय, पर्वतीय अनि उकाली ओरालीको बाल्यक्रिडा गर्दै खरेलले प्रारम्भिक अध्ययन सुरु गर्नुभएको थियो | 

कक्षामा सदैब प्रथम-दृतिय स्थान उहाँले प्राप्त गर्ने गर्नुहुन्थ्यो | दाजुहरु दुर्गानाथ खरेल, दयानाथ खरेल र गोपीनाथ खरेलका साथ र सहयोगमा खरेलले जीवनमा धेरै कुरा सिक्नु भएको थियो |  वि.सं. २०४३ साल माघको महिनामा खरेल परिवार बागलुङबाट गैंडाकोट बसाई सरी आउनुभयो | सबैको उपकार होस् भन्ने भावना भएका खरेलको स्वभाब मित्रवत रहेको थियो | मित्रवत स्वभाबका कारण नयाँ स्थान गैंडाकोटमा भावनाका सम्बन्धहरु प्रगाढ बनाउनु  भयो |

भरतपुर महानगरपालिका वडा नं ६ रोधीगाउँ साबिक दिव्यनगर गा.वि.स - ९ निबासी खडानन्द चापागाईं र गौरिदेवी चापागाईंकि कान्छी सुपुत्री मिना चापागाईंका साथ खरेल विवाह-बन्धनमा बाँधिनु भयो | वि.सं. २०५० साल जेठ १४ गते वैदिक विधिपूर्वक विवाह संस्कार सम्पन्न गरी गृहस्थ आश्रममा प्रवेश गर्नुभएको थियो | कर्ममा विश्वास राख्ने त्रैलोक्यनाथ खरेलको जीवन संघर्षशील थियो | पारिवारिक जिम्मेबारीलाई  व्यवस्थापन गर्दै खरेलले सामाजिक, शैक्षिक, राजनीतिक चेतनाका साथ क्रियाशील बन्नुभएको थियो | क्रियाशीलता, लगनशीलता, असल मार्गनिर्देशक अभिभावकका रुपमा रहनुभएका खरेलका एक सुपुत्र र एक सुपुत्री हुनुहुन्छ | सुपुत्री पूजा खरेल र सुपुत्र प्रबोध खरेल बुवाको मार्गनिर्देशनमा सत्कर्ममा अघि बढिरहनु भएको छ |

परिवारमा दाजुभाउजु दुर्गानाथ खरेल, स्व. भूमिकाला र शिरोमणि खरेल, छोराबुहारी सन्तोष खरेल र सिर्जना खरेल, छोरिज्वाई राधिका ज्ञवाली र पदम ज्ञवाली, सन्जु रेग्मी र गोविन्दराज रेग्मी, संगीता गोमेस र अल्लेन गोमेस, र रन्जिता खरेल, दाजु भाउजु दयानाथ खरेल र सरिता खरेल, छोराबुहारी बिनोद खरेल र सुधा खरेल, बिमल खरेल र सुमित्रा खरेल, विकास खरेल, छोरीज्वाई लक्ष्मी सापकोटा र इन्द्र सापकोटा, कमला वाग्ले र बिमल वाग्ले, दाजु भाउजु गोपीनाथ खरेल र कुमारी रेखा खरेल, छोराहरु सुबोध खरेल र सचिन खरेल, दिदि भिनाजु यमकला खनाल र आत्मराम खनाल, ज्ञानु आचार्य र भूमिराज आचार्य, बहिनि ज्वाई हिमा तिवारी र रवि तिवारी, सबैका लागि समानप्रिय हुनुहुन्थ्यो त्रैलोक्यनाथ खरेल |

 

त्रैलोक्यनाथ खरेलले आफ्नो प्राथमिक शिक्षा बागलुङको साविक भुजी निम्न माध्यमिक विद्यालयबाट प्राप्त गर्नुभएको थियो| उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिवाङबाट एस.एल.सी उत्तीर्ण गरी अध्ययनका लागि उहाँ काठमाडौँ जानुभयो | उहाले त्रिचन्द्र कलेजबाट आइ.एस्सी पुरा गर्नुभयो | अध्ययनमा तिब्र  रुचि राख्ने खरेलले बालकुमारी कलेज नारायणगढबाट बि.कम, सप्तगण्डकी क्याम्पस भरतपुरबाट बि.एड र बालकुमारी कलेज नारायणगढबाट यम.बि.यस गर्नुभएको थियो |

 

अध्ययनमा तिब्र रुचि राख्ने खरेल शैक्षिक स्वभावको हुनुहुन्थ्यो | अध्यन पश्चात पुनः शिक्षण संस्थाहरुमा नै उहाँको आवद्धता रह्यो | गैंडाकोट नमुना बोर्डिंग स्कूलका संस्थापक सदस्य, जनक कलेजका संस्थापक प्राध्यापक तथा चन्दादाताको रुपमा सेवा गर्नुभएको थियो |  जनक नमुना माध्यमिक बिद्यालयमा नि.मा.वि. प्रथमश्रेणीका शिक्षक, जनक कलेज गैंडाकोटको सहायक प्राध्यापकको रुपमा सेवारत रहनुभएको थियो | जनक नमुना मा.वि मा नेपाली मध्यम कार्यक्रमका संयोजकको रुपमा समेत खरेलले सेवा गरिरहनु भएको थियो | खरेलले कालिका मा.वि गैंडाकोटमा पूर्व शिक्षक र साविक लक्ष्मी  उच्च मा.वि अमरापुरीमा कक्षा ११ र १२ तर्फ संस्थापक शिक्षकको रुपमा विद्यार्थीहरुलाई शिक्षाको प्रकाश बाड्नु भएको थियो | आज वहाँका हजारौं विद्यार्थी विभिन्न क्षेत्रमा राष्ट्रका लागि योगदान गरिरहेका छन् |

 

शैक्षिक क्षेत्रमा सेवारत रहँदा रहँदै पनि आफ्ना बचेका समयलाई सहकारीको उन्नयनमा लगाउनुभयो | वि.सं. २०७४ देखि २०७६ सम्म विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निवर्तमान उपाध्यक्ष, वि.सं. २०७१ देखि वि.सं. २०७३ सम्म विकुमा उपाध्यक्ष, वि.सं. २०६८ देखि वि.सं. २०७० सालसम्म विकुको सचिव पदमा रही सहकारीकर्मीको रुपमा सदस्यहरुको आर्थिक उन्नयनमा क्रियाशील बन्नुभएको थियो | येसैगरि उहा त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पूर्व अध्यक्ष, त्रिनेत्र सामुदायिक विकास प्रतिस्ठानको सदस्यको रुपमा रहेर सामाजिक काममा क्रियाशील रहनु भएको थियो |

 

समय अनुकुल देशको विकास हुन नसकेकोमा सदैव चिन्तन गरिरहने खरेलले राजनैतिक क्षेत्रमा पनि आफ्ना क्रियाशील समय बिताउनु भएको थियो | सामाजिक एवं शैक्षिक क्षेत्रमा भएका विसंगति र विकृतिको अन्त्य शिक्षा र राजनीतिको समुनयमा हल गर्न सकिने विश्वास खरेलले राख्नु हुन्थ्यो | राजनीतिलाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रवृत्तिको विरोध गर्ने स्वभाबले नै उहालाई विद्यार्थीकाल बाटै राजनीतिक क्षेत्रले तानेको थियो | खरेल विद्यालयतह देखिनै नेपाल विद्यार्थी संघमा आवद्धता राख्नु भएकोथियो | नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्य, नेपाल ट्रेड युनियन काँग्रेस नवलपरासीको पूर्व जिल्ला सदस्य, नेपाल शिक्षक सङ्घको विशिष्ट सदस्य, नेपाल शिक्षक संघ गैंडाकोट नगरसमिती पूर्व अध्यक्ष, जनक कलेज प्रजातन्त्रवादी प्राध्यापक सङ्घ एकाईका पूर्व सभापति, नेपाल शिक्षक संघका विभिन्न जिल्ला अधिवेशनहरुमा निर्वाचन समितिमा रही खरेलले काम गर्नुभएको  थियो |

 

नेपाली काँग्रेस पार्टीभित्र आस्था राख्ने खरेलले काँग्रेसभित्रको गुट-उपगुट, द्वन्द , नेताहरुका व्यक्तिवादी सोच, घात-प्रतिघात, स्वतन्त्रताका नाममा मौलाएको छाडापन र अनुशासनहिनता आदिको विरोध तथा सुधारको चाहना सदैब राख्नुहुन्थ्यो | समग्र शैक्षिक अनुशासनमा जोडदिने खरेल स्पष्टवक्ता हुनुहुन्थ्यो | आफ्नो जिम्मेवारीलाई हरतरहले मिलनसार भई पुरा गर्नुहुन्थ्यो | अवलोकन एवं भ्रमणबाट धेरै कुरा सिक्न पाइने विश्वास राखी खरेलले, 'धन साधन हो, साध्य होइन भन्ने धारणा राख्नुहुन्थ्यो' | विश्लेषणआत्मक बहसमा रुचि राख्ने खरेल  सञ्चार क्षेत्रका लागि पनि प्रिय हुनुहुन्थ्यो | बिजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा संचालित सामुदायिक रेडियो बिजय एफ.एम १०१.६ को शेयर सदस्यका रुपमा सञ्चार क्षेत्रको अभिभावक बन्नुभएको थियो | सामाजिक परिवर्तनमा संचार जगतले सशक्त परिवर्तन गराउन सक्ने विश्वास राख्ने खरेलले बिजय एफ.एमका विषयवस्तु सुधारका लागि सुझाव प्रदान गरिरहनु हुन्थ्यो |

 

विधिको बिधान, भाग्यको रेखा आखिर कसले मेट्न सक्छ र; गैंडाकोट ५ भवानी टोलमा आफ्नै घरमा रहदा खरेल दुर्घटनामा पर्नुभयो |भरतपुरस्थित सी.एम.सी अस्पतालमा उपचार गराउँदा गराउँदै वि.सं. २०७७ साल असोज ७  गते अकल्पनीय असामयिक निधन भयो | खरेलको निधनले शैक्षिक, सहकारी, संचार लगायत सामाजिक तथा राजनैतिक क्षेत्रमा ठूलो क्षति पुगेको छ | उहाँका कर्मशील जीवनले छाडेका सन्देशनै सबैका लागि अनुकरणीय बाटो बनेका छन् |सामाजिक, धार्मिक, राजनैतिक र शैक्षिक व्यक्तित्वका रुपमा परिचित त्रैलोक्यनाथ खरेलको अकल्पनीय देहवासनले हामी स्तब्ध र मर्माहित भएका छौ | स्वर्गीय त्रैलोक्यनाथ खरेलको दिबंगत आत्माको चिरशान्तिको एवं बैकुण्ठ बासको कामना गर्दै भाबपुर्ण श्रद्धांजलि अर्पण गर्दछौ | सोक सन्तप्त परिवारजनमा येहाहरुबाट प्राप्त माया, सदभाब, सहयोग र समबेदनाका लागि खरेल परिवार कृतज्ञ रहेको छ | श्री त्रैलोक्यनाथ खरेलको जीवनी (Biography of Mr.Trailokya Nath Kharel)

त्रैलोक्यनाथ खरेल

जन्मस्थान: साबिक अधिकारीचौर-१, नाथुरि

हाल: ढोरपाटन न.पा.-५, बागलुङ

बाजे: स्व. धनपति खरेल

बज्यै: स्व. कौशिला खरेल

पिता: स्व. हरिलाल खरेल

माता: स्व.भवानी खरेल

विवाह:  वि.सं २०५०/०२/१४ साबिक दिव्यनगर गा.वि.स. - ९ हाल भ.म.न.पा.-२६, रोधीगाउँ

धर्मपत्नी: मिना कुमारी चापागाईं खरेल

सुपुत्री: पूजा खरेल

सुपुत्र: प्रबोध खरेल

ससुरा: स्व. खडानन्द चापागाईं

सासु: गौरिदेवी चापागाईं

बसाइ- सराइ: वि.सं. २०४३ माघ बागलुङ नाथुरीबाट गैंडाकोट

दाजु / भाउजुहरु:

१) दुर्गानाथ शर्मा / स्व. भूमिकाला, शिरोमणि खरेल

 छोरा/बुहारी: सन्तोष खरेल र सिर्जना खरेल

 छोरि/ज्वाई: राधिका ज्ञवाली र पदम ज्ञवाली

                  सन्जु रेग्मी र गोविन्दराज रेग्मी

                  संगीता गोमेस र अल्लेन गोमेस

                  रन्जिता खरेल

२) दयानाथ खरेल र सरिता खरेल

   छोरा/बुहारी: बिनोद खरेल र सुधा कंडेल

                     बिमल खरेल र सुमित्रा पौडेल

                     विकास खरेल

   छोरी/ज्वाई:  लक्ष्मी सापकोटा र इन्द्र सापकोटा

                   कमला वाग्ले र बिमल वाग्ले

३) गोपीनाथ खरेल र कुमारी रेखा खरेल

    छोराहरु: सुबोध खरेल र सचिन खरेल

दिदिभिनाजु/ बहिनिज्वाई/भान्जाभान्जीहरु:  

स्व. यमकला खनाल र आत्मराम खनाल - शिव/लक्ष्मी खनाल

ज्ञानु आचार्य र भूमिराज आचार्य - पवन/सुयासा आचार्य, प्रकाश आचार्य, पूनम आचार्य,पुस्पा आचार्य

हिमा तिवारी र रवि तिवारी - सुसन र सुस्मिता तिवारी​

विशेषताहरु:

  • सानैदेखि प्रतिभावान एवम् अध्यानमा तीव्र रुचि

  • जेहेन्दार एवम् उत्कृष्ठ विद्यार्थीका रुपमा कक्षामा प्राय: प्रथम दृतीय स्थान प्राप्त गर्न सफल

  • चित्रकला तथा हस्तकलामा अभिरुचि

  • तार्किक, बौद्धिक एवम् विश्लेषणत्मक विचारका धनी

  • चिन्तन, मनन एवम् अध्यनशील स्वभाव

  • सामाजिक, शैक्षिक, राजनैतिक एवम् धार्मिक क्षेत्रमा परिचित

  • विकासप्रेमी तथा शिक्षाप्रेमी व्यक्तित्व

  • विकृति, अन्याय, अत्याचार, शोषण, दमन आदिको विरोध

  • स्वच्छ एवम् न्यायपूर्ण समाजको चाहना

  • सामाजिक एवम् शैक्षिक सुधारको चाहना

  • गुट-उपगुट, घातप्रतिघात, छाडापन र अनुशासनहीनताको विरोध

  •  शैक्षिक अनुशासन तथा नैतिक शिक्षामा जोड

  • स्पस्ट वक्ता, मिलनसार तथा मिजासपूर्ण व्यवहारका धनी

  • पारदर्शी एवम् स्वच्छ छवि

  • जिम्मेवार, कर्तब्यनिस्ठ, मृदुभासी, सरल एवम् शान्त स्वभाव

  • तनावमुक्त रही खुसिका साथ जिउने जीवनशैली

  • अवलोकन भ्रमणमा विशेष अभिरुचि

  • परोपकार तथा नि:स्वार्थ भावना

  • अध्यनशील एवम् लगनशील बिद्यार्थीको चाहना

  • बिद्यार्थीहरु अनुशासित एवम् जिम्मेवार नागरिक बनुन् भन्ने चाहना Trailokya Kharel

शिक्षादिक्षा:

  • प्राथमिक शिक्षा: साबिक भुजी नि.मा.वि., अधिकारीचौर बाग्लुङ

  • एस.एल.सी: उत्तरगंगा मा.वि. बुर्तिबाङ बाग्लुङ

  • आइ. एस्सी. : त्रिचन्द्र कलेज, काठमाडौँ

  • बि.कम. : बालकुमारी कलेज, नारायणगढ

  • बि.एड: सप्तगण्डकी कलेज, भरतपुर

  • एम.बि.एस: बालकुमारी कलेज, नारायणगढ

सेवा र संलग्नता:

  • कार्यरत: शिक्षक, नि.मा.वि. प्रथम श्रेणी

  • कार्यक्रम संयोजक: नेपाली मध्यम जनक नमुना मा.वि.,गैंडाकोट

  • सहायक प्राध्यापक: जनक कलेज,गैंडाकोट

  • पूर्व शिक्षक: कालिका मा.वि.,गैंडाकोट-६

  • संस्थापक शिक्षक: साबिक लक्ष्मी उ.मा.वि. (११ र १२ तर्फ), गैंडाकोट-१५ 

  • संस्थापक सदस्य: गैंडाकोट नमुना बोर्डिंग स्कुल

  • संस्थापक प्राध्यापक तथा चन्दादाता: जनक कलेज 

  • पूर्व अध्यक्ष्य: त्रि-नेत्र बचत तथा ऋण सहकारी संस्था (२०५६-२०५८)

  • निवर्तमान अध्यक्ष्य: विकु बचत तथा ऋण सहकारी संस्था (२०७१-२०७६)

  • पुर्व सचिव: विकु बचत तथा ऋण सहकारी संस्था (२०६८ -२०७०)

  • सदस्य: विकु पदपूर्ति उपसमिति

  • सदस्य: त्रि-नेत्र सामुदायिक विकास प्रतिष्ठान

  • सेयर सदस्य: विजय सामुदायिक शिक्षा संस्था लि. (विजय सामुदायिक शिक्षा सदन)
    विजय सामुदायिक सूचना तथा संचार सहकारी संस्था लि (विजय एफ.एम. १०१.६)    विजयश्री उपभोक्ता सहकारी संस्था लि. 

राजनैतिक योगदान:

  • विद्यालय तहदेखि नै ने.वि. संघमा आबद्द 

  • क्रियाशील सदस्य: नेपाली काँग्रेस

  • विशिष्ट सदस्य: नेपाल शिक्षक संघ

  • पूर्व जिल्ला सदस्य - नेपाल ट्रेड युनिअन कांग्रेस, नवलपरासी

  • पुर्व नगर अध्यक्ष्य: नेपाल शिक्षक संघ, गैंडाकोट

  • पुर्व सभापति: जनक कलेज प्रजातन्त्रबादी प्राध्यापक संघ

  • ने.शी.सं.का विभन्न जिल्ला अधिबेसनहरुमा निर्वाचन समितिमा रही कार्य सम्पन्न 

bottom of page